एजेन्सी – अमेरिकाले माग गरे बमोजिमको कृषि सामग्री खरिदका लागि चीनले प्रक्रिया अगाडी बढाइसकेको छ । तर यो बेइजिङका लागि समस्या हुन सक्ने र बजारको अवस्था चेतावनीको स्तरमा गए मात्रै चीनले यसो गर्न सक्ने विश्लेषकहरुले बताएका छन् ।
कृषि सामग्री खरिदको विषयमा उनीहरुको टिप्पणीमा पनि आशंकाको ओइरो लागेको छ । जुन दुवै मुलुकले घोषणा गरेको फेज वान व्यापार सम्झौताको अंश हो ।
यसलाई एउटा ‘क्रेजी एमाउन्ट’ अर्थात अथाहा परिमाणको रुपमा लिइएको एसियन ट्रेड सेन्टरका कार्यकारी निर्देशक डेबोराह इल्मसले बताइन् । यो अनुपातमा खरिद गर्नुले समस्या निम्तन सक्ने धारणा उनको छ ।
यो परिमाण खरिद गर्ने चिनियाँ क्षमता सीमित मात्रै रहेको र यसलाई आपूmले बाजीको रुपमा लिएको धारणा उनको छ ।
१८ महिनाको व्यापार युद्धपछि अमेरिकी र चिनियाँ अधिकारीहरुले शुक्रबार मात्रै दुवै मुलुक एक सम्झौतामा पुगेको घोषणा गरेका थिए । तर व्यापार सम्झौताको अंश स्वरुप अमेरिकी राष्ट्रपति ट्रम्पले चीनले थप अमेरिकी कृषि उत्पादन किन्नु पर्नेमा जोड दिँदै आएका छन् ।
बेइजिङले छिट्टै ५० अर्ब डलरको कृषि सामग्री किन्ने ट्रम्पले बताएका छन् । यदी चीनले यो परिमाणमा सामग्री नकिनेमा नयाँ चरणको शुल्क लगाउने र यो अघिल्लो आइतबारदेखिनै सुरु हुने ट्रम्पले बताएका थिए ।
तर चिनियाँ पक्ष अत्यन्त सावधानीपूर्ण अवस्थामा रहेको र उनीहरु बजार अवस्था र विश्व व्यापार संगठनको प्रतिबन्धका आधारमा खरिद गर्ने पक्ष मा रहेको इल्म्सले चेतावनी दिएकी छन् ।
‘यदी हामीले यसमाथि प्रतिबद्धता व्यक्त गरेपनि सावधान हुनु आवश्यक छ । किनकी यदी बजारले यसलाई धान्न नसकेमा यो परिमाणको खरिद हुन सक्दैन र हामी लक्ष्यमा पुग्न सक्दैनौ,ं’ उनले बताइन् ।
प्रतिक्रिया