वासिङटन – अमेरिकामा रुढिवादी झुकाव राख्ने डेमाक्र्याटिक सांसदले एक–एक गरेर घोषणा गरेका छन् कि उनीहरु यो साता राष्ट्रपति ट्रम्पको बिरुद्धमा महाअभियोगका लागि मतदान गर्न तयार भएका छन् ।
डेमोक्र्याटले आज बुधबार कांग्रेसमा महाभियोग पेश गर्ने र यो पारित पनि हुने बताएका छन् । ट्रम्प यस किसिमबाट महाअभियोग चलाइएका तेस्रो राष्ट्रपति हुन् ।
ट्रम्पमाथि उच्च अपराध तथा दुष्कर्मको आरोपका अतिरिक्त आफ्नो पदको दुरुपयोग गर्दै युक्रेनका राष्ट्रपतिलाई दुई डमोक्र्याट नेताको बिरुद्धमा जाँचका लागि दबाब दिएको आरोप लगाइएको छ । यद्यपि ट्रम्पले आफूमाथि लागेको आरोप २०२० को चुनाव आफूले जित्न नसकोस् भनेर लगाइएको बताएका छन् ।
डेमोक्र्याटको नेतृत्व भएको प्रतिनिधि सभामा ट्रम्पको बिरुद्धमा महाअभियोगको प्रस्ताव मतदानका लागि लगिने भएको छ । यसपछि मात्रै ट्रम्पमाथि लागेको आरोप स्वीकार गरिन्छ वा गरिदैन भन्ने विषयको टुंगो लाग्ने छ ।
यसपछि रिपब्लिकन नेतृत्व भएको सिनेटमा ट्रम्पलाई पदबाट हटाउने विषयको मुद्धा लगिने छ । १०० सदस्य भएको सिनेटमा रिपब्लिकनका ५३ सांसद छन् । ट्रम्पलाई सत्ताबाट हटाउनका लागि दुई–तिहाई बहुमतको आवश्यकता पर्छ ।
प्रतिक्रिया