कैलालीमा साग विजेता दुई खेलाडी सम्मानित

कैलालीमा साग विजेता दुई खेलाडी सम्मानित


कैलाली – अत्तरिया उद्योग वाणिज्य सङ्घले भर्खरै सम्पन्न १३ औँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग) मा पदक जित्न सफल खेलाडीलाई सम्मानपत्रद्वारा सम्मान गरेको छ ।

सङ्घले कैलालीको अत्तरियामा बुधबार आयोजित एक कार्यक्रमका बीच सुदूरपश्चिम प्रदेशको प्रतिनिधित्व गर्दै सागमा स्वर्ण पदक जित्ने कञ्चनपुरको कृष्णपुर नगरपालिका–९ का वीरबहादुर महरा र कास्य पदक जित्ने सोही वडाका मनोज मल्ललाई सम्मान गरेको हो ।

उनीहरु दुवैलाई उद्योग वाणिज्य सङ्घका अध्यक्ष अशोकराज देवकोटा र संस्थापक अध्यक्ष वसन्त रोकाय ललितले सम्मानपत्र प्रदान गरे । सो अवसरमा सङ्घका संस्थापक अध्यक्ष ललितले यो जीत भनेको दुई जनाको मात्र नभई समग्र सुदूरपश्चिमको भएको बताबताए ।