अमेरिकी हस्तक्षेपले चिनियाँ हितमा चोट पुग्योः राष्ट्रपति सी जिनपिङ

अमेरिकी हस्तक्षेपले चिनियाँ हितमा चोट पुग्योः राष्ट्रपति सी जिनपिङ


बेइजिङ – चिनियाँ राष्ट्रपति सी जिनपिङले अमेरिकी समकक्षि डोनाल्ड ट्रम्पसँग शुक्रबार ताइवान, हङकङ, सिनजियाङ र तिब्बतको सम्बन्धमा अमेरिकी टिप्पणी तथा व्यवहारले दुई आर्थिक महाशक्तिको सम्बन्धमा असर परेको बताएका छन् ।

सरकारी समाचार एजेन्सी सिन्ह्वाका अनुसार ट्रम्पसँगको फोनमा भएको वार्तामा सीले अमेरिकाले चीनको आन्तरिक मामिलामा हस्तक्षेप गरेको र चीनको हितमा चोट पु¥याएको छ, जुन परस्पर विश्वास तथा द्विपक्षिय सहयोगका लागि नोक्सानीपूर्ण रहेको छ ।

सीलाई उद्र्धृत गर्दै सिन्ह्वाले लेखेको छ, ‘चीन आशा गर्छ कि अमेरिका विभिन्न वार्तामा दुई देशका नेताबीच बनेको महत्वपूर्ण सहमतीलाई गंभीरतापूर्वक पालना गरोस् । चीनको आपत्तीलाई पनि महत्व देओस् र यो सुनिश्चित गरोस् कि द्विपक्षिय सम्बन्ध थप महत्वपूर्ण एजेन्डा बनाउन सहयोगी होस् ।’