एजेन्सी – प्रदूषित सहरमा बस्ने मानिसमा डिप्रेसन (अवसाद) हुने वा आत्महत्या गर्नेको आशंक बढ्ने गर्छ । शोधकर्ताले १६ देशमा सासद्वारा शरीरमा जाने विषालु कणले मानसिक स्वास्थ्यमा हुने असरको दीर्घकालिन प्रभावको समीक्षा गरेका थिए । जति मात्रामा प्रदूषणको स्तर बढ्छ त्यती मात्रामा आत्महत्याको संख्या वा डिप्रेसनबाट ग्रस्त हुने मानिसको संख्यामा पनि वृद्धि हुने उनीहरुले पाएका छन् ।
युनिभर्सिटी कलेज लन्डनका वैज्ञानिकले अध्ययनबाट प्राप्त तथ्यांको विश्लेषण गरेका थिए । जसमा पीएम २.५ प्रदूषणले वयस्कको मानसिक स्वास्थ्यमा पर्ने असरको बारेमा जानकारी दिइएको थियो । भारतको राजधानी दिल्ली तथा बंगलादेशको ढाकामा प्रदूषणको मात्रा ११४ देखि ९७ को बीचमा रहेको थियो । जबकी क्यानडाको ओटावा र न्यूजिल्यान्डको वेलिङटनमा यो केबल ६ मात्रै थियो ।
पीएम २.५ का लागि औसत एक्सपोजर ४४ माइक्रोग्राम प्रति घन मीटर भएको विश्लेषणबाट पत्ता लागेको छ । यो मात्राबाट माथि प्रत्येक १० माइक्रोग्राम प्रति घन मीटर मात्रा बढ्नाले डिप्रेसनको घटनामा लगभग १० प्रतिशतको वृद्धि हुने र आत्महत्याको मामिलामा २ प्रतिशतको वृद्धि हुने देखिएको छ ।
शोधकर्ताका अनुसार कार तथा उद्योगद्वार उत्सर्जित विषालु कण सासको माध्यमबाट भित्र पुगेपछि मस्तिष्क सुन्निने कारण बन्छ वा तनाव बढाउने हर्मनको स्तरलाई प्रभावित गर्छ ।
दुवै अवस्थामा यो खराब मानसिक स्वास्थ्यको कारण बन्छ । विश्व स्वास्थ्य संगठनका अनुसार १० यूजी/एमथ्री भन्दा कम राख्नु आवश्यक छ । तर ९० प्रतिशत भन्दा बढी देशमा प्रदूषणको स्तर यो भन्दा बढी रहेको छ । अनुमानका अनुसार बेलायतका सहरमा औसत पार्टिकुलेट म्याटरको स्तर १२.८ यूजी÷एमथ्री भन्दा बढी रहेको छ ।
शोधकर्ताका अनुमानका अनुसार डब्लूएचओको सीमा सम्म औसत वायु प्रदूषणको स्तर कम गर्नाले बेलायती सहरका निवासीमा डिप्रेसनको खतरा लगभग २.५ प्रतिशतले कम हुन सक्छ ।
शोधकर्ताका अनुसार विश्वभरीमा पीएम २.५ को स्तर ४४यूजी÷एमथ्रीबाट घटाएर २५ यूजी÷एमथ्री कायम गरिनाले विश्वभरीमा डिप्रेसन वा आत्महत्याको खतारमा १५ प्रतिशतले कम हुन सक्छ । वायु प्रदूषण तथा आत्महत्याकाबीच सीधा सम्बन्ध रहेको शोधकर्ताहरुले बताएका छन् ।
प्रतिक्रिया