अमेरिका अब विश्वकै ठूलो तेल उत्पादक मुलुक

अमेरिका अब विश्वकै ठूलो तेल उत्पादक मुलुक


टेक्सास – अमेरिका विश्वकै ठूलो तेल उत्पादक मुलुक भएको छ । अमेरिकामा तेल उत्पादनमा भएको तीव्र विस्तारले दैनिक १ करोड २० लाख ब्यारेल तेल उत्पादन भएपछि यो मुलुक विश्वकै ठूलो तेल उत्पादक भएको होे ।

१ दसक भन्दा कमको अवधिमा देशको सेल आयलले दैनिक उत्पादनमा ८० लाख व्यारेल तेल थपेपछि अमेरिका विश्वकै पहिलो नम्बरको तेल उत्पादक बनेको हो । उत्पादनको ठूलो जस परमियन बासिनलाई जान्छ । टेक्सास र दक्षिणपूर्वी न्यू मेक्सिकोकोे सीमानामा पर्ने यो क्षेत्र ८६ हजार बर्ग माइलमा फैलिएको छ । यो क्षेत्रले अमेरिकाको कच्चा तेलको उत्पादनको एक तिहाई हिस्सा ओगटेको छ ।

पायोनियर न्याचुरल रिसोर्सेसका सीईओ स्कट सेफिल्डले सेलको क्रान्तिलाई स्वागत गरेका छन् । सुरु भएको झन्डै २ दसकपछि कम्पनीले ६ लाख ८० हजार एकरको तेल र ग्यासको क्षेत्र एकठ्ठा भएको बताएका छन् । यसै साता सार्वजनिक गरिएको आपेकको वल्र्ड आयल आउटलुकका अनुसार सेलको वृद्धि लगातार हुनेछ र यसले अमेरिकाको तेल उत्पादन पाँच वर्षको अधिमा प्रतिदिन २ करोड व्यारेल पुग्ने छ ।