डिआइजी पोखरेललाई मेट्रोमा यसरी गरियो स्वागत (फोटोफिचर)

डिआइजी पोखरेललाई मेट्रोमा यसरी गरियो स्वागत (फोटोफिचर)


काठमाडौं – प्रहरी नायब महानिरीक्षक (डिआइजी) विश्वराज पोखरेलले महानगरीय प्रहरी कार्यालयको जिम्मेवारी सम्हालेका छन् ।

बुधवार गृह मन्त्रालयले काज सरुवा गरेका पोखरेलले आज कार्यभार सम्हालेका हुन् । पुस २ गते मेट्रोमा सरुवा भएका पोखरेल आज हाजिर भएका हुन् ।

प्रहरी प्रधान कार्यालयको सचिवालयबाट डिआइजी पोखरेलको रानीपोखरी कार्यालयमा सरुवा भएको हो ।

पदभार ग्रहणका क्रममा पोखरेलले जनताले शान्ति सुरक्षा महसुस गर्ने गरी आफूले काम गर्ने प्रतिवद्धता जनाएका थिए । पोखरेलले आफूले कानून कार्यान्वयन गर्न कुनै पनि कसर बाँकी नराख्ने बताए ।

उनलाई सिनियर प्रहरी अधिकृतहरुले स्वागत गरेका थिए । पोखरेललाई उनका ब्याचीहरु महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी उत्तमराज सुवेदी र अपराध महाशाखाका प्रमुख सहकुलबहादुर थापालगायतले स्वागत गरेका थिए ।

डिआइजी पोखरेलले यसअघि महानगरीय प्रहरी परिसर काठमाडौंको प्रमुख भएर काम गरिसकेका छन् ।