यस्तो छ एप्पलले ल्याएको आइफोन एक्स, आइफोन ८ र ८ प्लस ?

यस्तो छ एप्पलले ल्याएको आइफोन एक्स, आइफोन ८ र ८ प्लस ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ऐजेन्सी– विश्व चर्चित ब्राण्ड एप्पलले एकसाथ तीनवटा नयां मोडलका स्मार्टफोन सार्वजनिक गरेको छ । आइफोन सुरु भएको १० बर्ष पुगेको अवसरमा एप्पलले आइफोन एक्स, आइफोन ८ र ८ प्लस सार्वजनिक गरेको हो । आइफोन ८ मा थुप्रै नयां फिचरहरु समावेश छन् । एप्पलका प्रमुख कार्यकारी अधिकृत टीम कुकले गएराती आइफोनका तीन वटै मोडलका सार्वजनिक गरेका छन् ।

 

एप्पल प्रमुख कुकले मंगलवार साझ सार्वजनिक गरेको आइफोन ८ र ८ प्लस आइफोन ७ को अपग्रेड भर्सन हो । आइफोन ८ मा १२ मेगापिक्सेलको क्यामेरा प्रयोग गरिएको छ भने ८ प्लसमा दुइवटा क्यामेरा छन् । त्यसैगरी आइफोन ८ को साइज ४.७ इन्चको रहेको छ भने आइफोन ८ प्लसको ५.५ इन्चको साइज रहेको छ । दुवै फोन वायरलेस चार्जिङले सपोर्ट गर्छ  ।  त्यसैगरी एप्पलले सार्वजनिक गरेको आइफोन एक्स सबैभन्दा महंगो आइफोन हो ।

 

अक्टोबर २७ बाट प्रि बुकिङ सुरु हुने आइफोन एक्सको मुल्य ९ सय ९९ अमेरिकी डलरबाट सुरु हुनेछ । उक्त फोनको क्षमता भने ६४ जिवीको हुनेछ । आइफोनमा १० मा अनुहार चिन्ने प्रबिधि समेत समावेश छ । आइफोन एक्समा होम बटन हुने छैन भने ब्याट्रीको लाइफसमेत आइफोन ७ भन्दा दुई घण्टा बढी हुनेछ । यसमा पछाडीतिर दुईवटा १२ मेगापिक्सेलका क्यामेरा राखिएको छ ।