ट्रम्पले युक्रेनलाई दिइने सहयोग रोक्न निर्देशन दिएको खुलासा

ट्रम्पले युक्रेनलाई दिइने सहयोग रोक्न निर्देशन दिएको खुलासा


एजेन्सी – अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले जुलाइमा युक्रेनी समकक्षीसँग टेलिफोन वार्ता गरेको ९१ मिनेटपछि मात्रै ह्वाइट हाउसले युक्रेनलाई दिने सहायता रोक्का गर्न आदेश दिएको एक इमेलबाट खुलासा भएको छ ।

टेलिफोन वार्तामा उनले आफ्ना डेमाक्याटिक प्रतिद्वन्द्वी जो बिडेन विरुद्ध अनुसन्धान गर्न युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई आग्रह गरेका थिए । डोमोक्याटहरुका अनुसार राष्ट्रपति ट्रम्पले पदको दुरुपयोग गरेको कुरा यसैले प्रमाणित गरेको छ ।

डेमाक्याट भन्छन्, “उक्त महत्वपूर्ण टेलिफोन कुराकानी शक्तिको दुरुपयोगमा एउटा मुख्य हिस्साको रूपमा रहेको छ । यसैलाई आधार मानेर हामीले ट्रम्पविरुद्ध तल्लो सदनमा महाभियोग लगाएका हौ ।”

गएको बुधबार अमेरिकी संसदको तल्लो सदनले औपचारिक रूपमा ट्रम्पविरुद्ध महाभियोग पारित गरेको थियो । तर माथिल्लो सदन सिनेटमा रिपब्लिकनहरूको बहुमत भएकाले ट्रम्प पदबाट हट्ने सम्भावना भने रहेको देखिदैन ।