विद्युत् खरिद् सम्झौदा(पिपिए) गरिदिन कोरीयन कम्पनीले परराष्ट्रमन्त्री महरालाई गुहार्यो

विद्युत् खरिद् सम्झौदा(पिपिए) गरिदिन कोरीयन कम्पनीले परराष्ट्रमन्त्री महरालाई गुहार्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– दक्षिण कोरियालीको कोरीया साउथ–इष्ट पावर कम्पनीले प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा एक करोड दुई लाख ५७ हजार ८७१ सहयोग गरेको छ । उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महरालाई आज परारष्ट्रमन्त्रालयमा भेटेर कम्पनीका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत च्याङ, जाई वनले उक्त रकम हस्तान्तरण गर्नुभयो । उक्त रकम उपप्रधानमन्त्री महराले प्रधानमन्त्री कार्यालयका सचिव शङ्करप्रसाद अधिकरीलाई हस्तान्तरण गर्नुभयो ।

 

 

 

उपप्रधानमन्त्री महराले कोरीया साउथ–इष्ट पावर कम्पनीले बाढिपीडितका लागि सहयोग गरेकोप्रति धन्यवाद व्यक्त गर्नुभयो । उहाँले कम्पनीले सुरु गरेको माथिल्लो त्रिसुली–१ जलविद्युत् आयोजनाका विषयमा जानकारी लिनुभयो ।

 

 

सो अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत च्याङले अप्पर त्रिसुली–१ परियोजान भूकम्पका कारण केही समस्या भएपनि द्रुत गतिमा अगाडि बढाएको जानकारी गराउनुभयो । उहाँले विद्युत् खरिद् सम्झौदा(पिपिए)लाई अघि बढाईदिन आग्रह समेत गर्नुभयो । जवाफमा उपप्रधानमन्त्री महराले विद्युत् खरिद सम्झौताका विषयमा आफूले सम्बन्धित निकायसँग कुरा गर्ने बताउनुभयो ।