बुर्किना फासो – अफ्रिकी देश बुर्किना फासोको उत्तरी इलाकामा एक सहरमा भएको आतंकवादी हमलामा करिब ३५ को ज्यान गएको छ । मृत्यू हुनेमा धेरै महिलाहरु रहेका छन् ।
देशका राष्ट्रपति रोच मार्क काबोरले हमलापछि सुरक्षा बलसँग भएको मुठभेडमा करिब ८० आतंकवादी पनि मारिएको बताएका छन् । माली र नाइजरको सीमाना नजिक बुर्किना फासोमा लगातार आतंकवादी हमला भइरहेको छ ।
यस किसिमको हमलामा २०१५ को सुरुदेखि हालसम्म सैयौ मानिसको ज्यान गइसकेको छ ।
आर्मी चिफ अफ स्टाफले एक बयानमा भनेका छन्,‘आतंकवादीको एक ठूलो गुटले सैन्य अड्डा तथा अरबिन्दामा सामान्य नागरिकमाथि एक साथ हमला भएको थियो ।’
बुर्किना फासोका राष्ट्रपति रोश मार्क काबोरले ट्वीट गरेका छन्,‘ बर्बर हमलामा ३५ नागरिकको ज्यान गएको छ । जसमा अधिकतर महिला रहेका छन् ।’
साथै उनले रक्षा एवं सुरक्षा बलको बिरता तथा प्रतिबद्धताको सराहना पनि गरेका छन् ।
प्रतिक्रिया