मस्को– रुसको लडाकु विमान पुटिनको वायु सेनामा प्रवेश गर्नु केही दिन अगाडि दुर्घटनामा परेको छ ।
सुखोइ सु–५७ स्टिल्थ फाइटर रुसको सुदुर पूर्वमा आगोको ज्वाला सहित दुर्घटना भएर पुरै ध्वस्त भएको अधिकारीहरुले बताएका छन् ।
पाइलट भने इजेक्टर सीटबाट सुरक्षित रुपमा बाहिर आउन सफल भएका छन् ।
रुसको वायु सेनाले ७६ ओटा १५ करोड ५० लाख डलरको विमान अर्डर गरेको थियो । यो विमान अमेरिकाको एफ–२२ ¥याप्टर स्टिल्थ फाइटरलाई टक्कर दिने मानिएको छ ।
सु–५७ चिनिया जे–२० जेट जस्तै हो । उक्त विमान चिनियाँ ह्याकरहरुले अमेरिकी विमानको प्र्र्विधि चोरेर बनाएको बताइदै आएको छ ।
जियोम्गीका वासिन्दाहरुले कोम्सोमोल्स्को–अन–अमुरको त्यस्तै ७ माइल उत्तरमा ठूलो आवाज सुनेका थिए । यो आवाजसँगै उनीहरुले युद्धका विमान समस्यामा परेको विश्वास लिएका थिए ।
यो विमान गाँउको सैन्य एयरफिल्डबाट उडान भरेको थियो । अनुसन्धानकर्मीहरुले प्राविधिक गडबडी वा पाइलटको त्रुटि के कारणले भएको हो भन्ने विषयमा जाँच गरिरहेका छन् ।
उच्च प्रविधिको नियन्त्रण प्रणालीको असफलताका कारण विमान दुर्घटना भएको हुन सक्ने एक स्रोतले बतायो ।
प्रतिक्रिया