भारतमा १३ करोडको कुकुर हरायो, भेट्नेलाई डेढ लाखको उपहार

भारतमा १३ करोडको कुकुर हरायो, भेट्नेलाई डेढ लाखको उपहार


कर्नाटक– कर्नाटकको बैंगलोरस्थित हनुमन्तनगर प्रहरी थानामा एक व्यक्तिले आफ्नो १३ करोड रुपैयाँको कुकुर हराएको रिपोर्ट दर्ता गराएका छन् ।

चेतन एन नामक व्यक्तिले कुकुर खोजेर ल्याउनेलाई १ लाख ६० हजार रुपैयाँको पुरस्कार दिने घोषणा समेत गरेका छन् । कुकुर अलास्कन मलामुट जातको हो । यसको १ बच्चाको मूल्य पनि लाखौ हुन्छ ।

मिडिया रिपोर्टका अनुसार चेतनले यो कुकुर चीनको बेइजिङबाट किनेर ल्याएका थिए । प्रहरीका अनुसार चेतनले यो कुकुर कसैले चोरेर लगेको शंका गरेका छन् ।

आफूले कुकुरलाई रेखदेखका लागि दक्षिण बैंगलोरमा श्रीनगर निवासी सौम्यालाई एक सम्झौता अनुसार सुम्पेको चेतनले बताएका छन् । सोही स्थानबाट कुकुर हराएको थियो ।

यो भन्दा पहिले अमेरिकाको सन फ्रान्सिस्कोमा पनि यस्तै घटना भएको थियो । अमेरिकामा एक महिलाको कुकुर एक ग्रोसरी स्टोरबाट चोरी भएको थियो ।

महिलाले कुकुर खोज्नका लागि विमान चार्टर गर्नुका साथै पुरस्कारको घोषणा समेत गरेकि थिइन । तर उनी कुकुर पेला पार्न सफल भइनन् ।