१७ वर्षीया किशोरीले विमान चोरिन्, उडाउन नसकेपछि पर्खालमा लगरे ठोकाइन्

१७ वर्षीया किशोरीले विमान चोरिन्, उडाउन नसकेपछि पर्खालमा लगरे ठोकाइन्


क्यालिफोर्निया – अमेरिकामा एउटा अचम्मको घटना सार्वजनिक भएको छ । यहाँ १७ वर्षकी एक युवतीले क्यालिफोर्निया एयरपोर्टमा लुकेर एउटा सानो विमानमा प्रवेश गरिन् र त्यसलाई उडाउने प्रयास गरिन् । तर उनी आफ्नो प्रयासमा सफल भइनन् र उनले विमानलाई एक पर्खालमा लगेर ठोकाइन् । उनी पर्खाल फुटाएर विमानस्थलमा प्रवेश गरेकि थिइन् ।

यो घटना फ्रेन्सो योशिमाइट अन्तर्राष्ट्रिय विमानस्थलको हो । अमेरिकी विमानस्थलका प्र्रहरी प्रमुख बेसिन्गरका अनुसार युवतीले विमानको इन्जिन चलाइन र यसलार्ई लिएर सिक्रीले बनेको बारमा गइन् ।

कुनैपनि हवाई यात्रीको ज्यानमाथि कुनै खतार नभएको उनले बताए । दुर्घटनमा कोही पनि घाइते भएका छैनन् । हवाई अड्डाका अधिकारीले सार्वजनिक गरेको भिडियोमा विमान दुर्घटना हुनु भन्दा पहिले एक चक्कर लगाएको थियो । हवाई अड्डा तथा फ्रेन्सो प्रहरी अधिकारीले ९११ को कलको जवाफ दिँदै पाइलटको सीटमा किशोरी हेडसेट लगाएर बसेको देखिएको बताएका छन् ।

किशोरीलाई हिरासतमा लिएपछि उनले सहयोग नगरेको उनीहरुले बताएका छन् । उक्त किशोरीले विमान चोर्ने प्रयास गरिरहेकी थिइन् भन्ने विषयमा प्रहरीले जाँच गरिरहेको बताइएको छ । तर यो घटनासँग कुनैपनि आतंकवादी गतिविधिको सम्बन्ध रहेको संकेत प्राप्त भएको छैन । किशोरीलाई विमान चोरीको आशंकामा गिरफ्तार गरिएको छ ।