अमेरिकाले रुसको इन्टरनेट सेवा बन्द गर्न सक्ने

अमेरिकाले रुसको इन्टरनेट सेवा बन्द गर्न सक्ने


एजेन्सी – मस्को–आजको विश्वमा इन्टरनेट बिना एक क्षण पनि बिताउन अत्यन्त कठिन हुन्छ । स्कुल, कार्यालय, व्यवसाय सबै इन्टरनेटबाट चलिरहेका हुन्छन् । तर कुनै कारणले पुरै देशको नेटको कुनै सम्पर्क बन्द भयो भने के होला ? सामान्य मानिसका साथै सरकार, बैंक, बीमा कम्पनी, अखबार, टिभी सबै बन्द हुन जान्छ । यसैलाई मध्यनजर गर्दै रुसले पहिलेदेखिनै तयारी सुरु गरेको छ ।

हालै रुसले कैयौ परिक्षण गरेको छ कि यदी वल्र्ड वाइड वेबबाट उसको सम्बन्ध टुट्यो भने वा अमेरिकाले उपलव्ध गराएन भने देशमा के हुन्छ ? के उसले आफ्नै सम्प्रमु इन्टरनेट देशमा नागरिकलाई सम्पर्कमा राख्न सक्छ ? यसको जवाफ हुन सक्छ । उप संचार मन्त्री एलेक्सी सोकोलोभले भनेका छन्,‘रुसले सोमबार यो थाहा पाउनका लागि परिक्षण पुरा गरेको छ । रुसको इन्टरनेट सेवा वल्र्ड वाइड वेबबाट कटेपछि पनि काम गर्न सक्ने अवस्थामा छन् ।’

विशेष रुपमा उपलव्ध गरिएको नेटवर्कमा कैयौ दिनको अवधिमा आयोजित गरिएको समीक्षा वास्तवमै नोभेम्बरमा सुरु गरिएको संप्रभु इन्टरनेटको विद्येयकका आधारमा भएको थियो । अमेरिकी राष्ट्रिय साइबर सुरक्षा रणनीतिको आक्रामक प्रकृतिलार्ई हेर्दै यसको जवाफमा रुसले यो कदम उठाएको हो ।

सोकोलोभले एक पत्रकार सम्मेलनको अवसरमा बताए,‘सरकारी संस्थान तथा सुरक्षा सेवाका साथै सबै संचार अपरेटर, मेसेन्जर्स तथ ई–मेल प्रदायकले परिक्षणमा भाग लिएका थिए, जसले नियमित इन्टरनेट उपयोगकर्तालाई प्रभावित गर्दैन । हाम्रो लक्ष्य छ कि कुनैपनि परिस्थितिमा रुसी क्षेत्रमा एक निर्बाध इन्टरनेट सेवा उपलव्ध हुन आवश्यक छ ।’