उपराष्ट्रपतिमा नन्दबहादुर पुन दोहोरिने

उपराष्ट्रपतिमा नन्दबहादुर पुन दोहोरिने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– बहालवाला उपराष्ट्रपतिमा नन्दबहादुर पुन ‘पासाङ’ फेरि सोही पदमा दोहोरिने भएका छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बेलुका प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित एमाले–माओवादी केन्द्रका नेताहरुको बैठकले पासाङलाई पुनः दोहोर्याउने निर्णय गरेको हो।

यसअघि राष्ट्रपति विद्यादेवी भण्डारीसँगै पुनको समेत कार्यकाल दोहोरिने चर्चा चलेपनि माओवादीले औपचारिक निर्णय गरेको थिएन।

एमाले–माओवादीका अध्यक्षसहितका नेताहरुको बैठक बस्नुुअघि बिहीबार अपरान्ह माओवादी केन्द्रीय कार्यालयको बैठक बसेको थियो। सो बैठले पनि उपराष्ट्रपतिमा पासाङलाई दोहोर्याउने र राष्ट्रियसभा उपाध्यक्ष माओवादी केन्द्रकी शशीकला दाहाललाई बनाउने निर्णय गरेको थियो।

शशीकला प्रदेश २ बाट राष्ट्रियसभामा निर्वाचित सांसद हुन्।

एमाले माओवादी केन्द्रबीच राष्ट्रपति र उपराष्ट्रपति बाँडफाँट गर्ने सहमति भएको थियो। यो सहमति अनुसार एमालेबाट विद्यादेवी भण्डारी मंगलबार राष्ट्रपतिमा निर्वाचित भइसकेकी छन्।