एजेन्सी – काजकास्तानमा विमान दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ ।
बेक एयरको विमान शुक्रवार बिहान अल्माटी विमानस्थलबाट उडान भरेको केही समयपछि नै दुर्घटनाग्रस्त बनेको थियो ।
घटनास्थलमा रहेका रोयटर्स समाचार संस्थाका संवाददाताले उक्त क्षेत्रमा घना कुहिरो लागेको बताएका छन् । विमानस्थलले दुर्घटनामा केही मानिसहरू बाँचेको जनाएको छ ।
विमान कजाकास्तानको सबभन्दा ठूलो शहर अल्माटीबाट राजधानी नुर–सुल्तान जाँदै थियो । दुर्घटनाको कारण पत्ता लागिसकेको छैन ।
अल्माटी विमानस्थलले जनाएअनुसार, विमानमा ९५ यात्रु र पाँचजना कर्मचारी थिए ।
उसका अनुसार, स्थानीय समयअनुसार बिहान ७ बजेर २२ मिनेट जाँदा विमानले उचाइ लिन सकेन र पक्का संरचनामा ठोकिन पुग्यो र पछि दुईतल्ले भवनमा ठोकियो ।
ठोकिँदा आगो भने लागेन । दुर्घटनाको छानबिन गर्नका लागि एक विशेष आयोग गठन गरिएको छ ।
कजाकास्तानका राष्ट्रपति कासीम–जोमार्ट तोकाएभले मृतकको परिवारप्रति गहिरो समवेदना व्यक्त गरेका छन् ।
प्रतिक्रिया