एजेन्सी – एयर इण्डियाले त्यहाँका सरकारी निकायलाई उधारो दिन छाडेको छ ।
लमो समयदेखि बक्यौता नतिरेपछि कम्पनी घाटामा गएको भन्दै भारतको राष्ट्रिय ध्वजाबाहकले त्यहाँका सरकारी निकायलाई उधारो टिकट दिन छाडेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । अर्बौ घाटामा रहेको एयरलाइन्समा धेरै सरकारी निकायहरूले १० लाख भारुभन्दा बढी उधारो राखेका छन् ।
सरकारी निकायको उधारोमात्र २ अर्ब ६८ करोड रहेको छ । एयरलाइन्सका वरिष्ठ अधिकारीहरुलाई उद्धत गर्दै आएका समाचारहरुका अनुसार उधारो असुल भएमात्र टिकट उधारोमा दिन सकिने बताइएको छ ।
प्रतिक्रिया