वासिङटन – रुसका रक्षा मन्त्रीले रुसबाटै अमेरिका आक्रमण गर्न सक्ने नयाँ हाइपरसोनिक हतियार तयार भएको घोषणा गरेका छन् । यो हतियार युद्धका लागि तयार भएको उनले बताए ।
सर्गेइ सोइगुले रुसी सैन्य नेतृत्वसँगको कन्फिरेन्स कलमा एभाङगार्ड हाइपरसोनिक हतियार सहितको पहिलो मिसाइल तयार भएको बताए ।
रुसका रणनीतिक मिसाइल फोर्सका प्रमुख सर्गेइ काराकायेभले थपे, ‘एभाङगार्डलाई कामका लागि खटाइएको छ । यो दक्षिणी उराल हिमालयको ओरेनबर्ग क्षेत्रमा राखिएको छ ।’
एभाङगार्ड कम्तीमा पनि आवाजको ५ गुणा तीव्र गतीमा अर्थात प्रति सेकेन्ड १ माइलको गतीमा प्रहार गर्न सकिन्छ ।
यो रुसी राष्ट्रपतिन भ्लादिमिर पुटिनले २०१८ को मार्चमा सार्वजनिक गरेका ६ नयाँ हतियार मध्यको एक हो । उक्त समयमा रुसी नेताहरुले हाइपरसोनिक हतियार आवाज भन्दा २० गुण तीव्र गतीमा निशानामा पुग्न सक्ने दावी गरेका थिए ।
यसले फायरबलको रुपमा आक्रमण गर्न सक्ने पनि उनीहरुले बताएका थिए । यो संयन्त्र पहिलेनै श्रृंखलाबट उत्पादनको चरणमा पगेको पनि उनले बताए ।
पुटिनले घोषणा गरेका मध्ये एभाङगार्ड र हावामा लन्च गर्न मिल्ने क्रुज मिसासइल पुटिनको घोषणको दुई वर्षमै तयार भएका छन् ।
हावाबाट जमिनमा मार हान्न सक्ने किन्जल कम्तीमा पनि ३ पटक परिक्षण गरिसकिएको छ । यो हतियार क्रेमलिनको हतियारमा २०२० को सुरुमै आबद्ध हुनेछन् ।
मार्चमा झन्डै २० किन्जल क्षेप्यास्त्र सैन्य परिक्षणको साइटमा पठाइसकिएको छ । यसले क्रेमलिनको हाइपरसोनिक हतियार कार्यक्रममा अर्को कोशेढुंगाको संकेत गरेको छ ।
यो हतियारको अमेरिकासँग कुनै प्रतिरक्षा छैन । पेन्टागनको पनि कैयौ हाइपरसोनिक हतियार कार्यक्रम विकासकै चरणमा रहेका छन् । अमेरिकाले आफ्नो सेनामा यस किसिमका हतियार परिचालन गर्नका लागि केही वर्ष लाग्न सक्ने अनुमान गरिएको छ ।
प्रतिक्रिया