मध्यपूर्वमा रुस, चीन र इरानको असाधारण संयुक्त सैन्य अभ्यास

मध्यपूर्वमा रुस, चीन र इरानको असाधारण संयुक्त सैन्य अभ्यास


तेहरान – शुक्रबार इरान, चीन र रुसले हिन्द महासागर र ओमानको गल्फमा संयुक्त सैन्य अभ्यास गरेका छन् । यो अभ्यासलाई मस्कोले असाधारण भनेको छ ।

इरानको जल क्षेत्रको सेरोफेरोमा अन्तर्राष्ट्रिय तनाव बढेको अवस्था छ । अमेरिकाले इरानको कच्चा तेलको बिक्रीमा मात्रै होइन कि अन्य क्षेत्रमा पनि इरानको सम्पर्क कटौती गर्नका लागि प्रतिबन्ध लगाउँदै आएको छ ।

‘यो अभ्यासको सन्देश भनेको शान्ति, मित्रता र सुरक्षा प्रदान गर्नु रहेको छ । यसको नतिजा भनेको इरान एक्लिएर बस्न सक्दैन भन्ने हो,’ इरानी अधिकारी घोलामरेजा ताहानीले बताएको इरानी टेलिभिजनले जनाएको छ ।

अभ्यासमा समुद्री लुटेराहरुबााट आक्रमण भएको अवस्थामा जहाजलाई कसरी जोगाउने भन्ने विषय पनि समावेश गरिएको छ ।

स्ट्रेट अफ होर्मुजलपाई जोड्ने भएकाले गल्फ अफ ओमान विशेषगरी संवेदनशीलप रहँदै आएको छ । यो क्षेत्रबाट विश्वको कुलको पाँच भागको एक भाग तेलको ओसारपसार हुने गर्छ ।

मे र जुनमा अन्तर्राष्ट्रिय व्यापारिक जहाजमा भएको आक्रमणपछि वासिङटनले अमेरिकी नेतृत्वमा नेभल मिसन तयार पार्ने बताएको थियो । उक्त आक्रमणमा इरानी हात रहेको आरोप अमेरिकाले लगाउँदै आएको छ भने इरानले यसको खण्डन गर्दै आएको छ ।