ट्रम्प दोस्रो पटक राष्ट्रपति भए छोरी इभांका सल्लाहकार नबन्ने

ट्रम्प दोस्रो पटक राष्ट्रपति भए छोरी इभांका सल्लाहकार नबन्ने


वासिङटन – यदी आफू दोस्रो कार्यकालका लागि विजयी भएमा फस्ट डटर र ह्वाइट हाउसकी वरिष्ठ सल्लाहका इभांका ट्रम्पले आफ्नो पिताका लागि काम नगर्ने बताएकी छन् ।

उनले फेस द नेसनको अन्तवार्ताको बसाइमा यस्तो बताएकी हुन् । उक्त अन्तर्वाता गत साता वासिङटनमा रेकर्ड गरिएको थियो र सीबीएसमा सप्ताहन्तमा अन एयर भएको थियो ।

मार्गरेट ब्रेनाले अर्को नोभेम्बरमा उनको भविष्यको बारेमा सोधेको प्रश्नमा इभांकले भनिन्, ‘म आफ्नो बालबालिका र उनीहरुको खुसीको बारेमा पहिले सोच्छु । त्यसैले यो नै मेरो पहिलो प्राथमिकता हुनेछ ।’

‘मेरो निर्णय जहिलेपनि लचिलो र उनीहरुको आवश्यकताको बारेमा हुनेछ । त्यसैले उनीहरुले नै मेरो उत्तर चलाउनेछन्,’ उनले भनिन् ।

व्यवसायी रहेकी उनी र उनको श्रीमान जारेड कुसनरका तीन छोराछोरी अराबेला,जोसेफ र थियोडोर रहेका छन् ।

यो परिवार २०१७ मा न्यूयोर्कबाट वासिङटन स्थानान्तरण भएको थियो ।