एजेन्सी – पहाडमा हिउ, चिसो हावा तथा बाक्लो कुहिरोका कारण नयाँ दिल्ली समेत सबै उत्तर भारतमा चिसो अत्याधिक बढेको छ । चिसोले दिल्ली–एनसीआर, उत्तर प्रदेश, पंजाब, हरियाणा, साजस्थान, उत्तराखण्ड, हिमान्चल प्रदेश, मध्य प्र्रदेशदेखि केन्द्रशासित प्रदेश लद्दाखको द्रास घाटी तथा जम्मु–कश्मरुको श्रीनगर सम्म व्यापक शीत लहरले जनजीवन ठप्प भएको छ ।
तापक्रमले दैनिक नयाँ रेकर्ड बनाइरहेको छ । दिल्लीको तापक्रम ओर्लेर २ डिग्री सम्म झरेको छ । डिसेम्बरमा यो सिजनको यो न्यूनतम तापक्रम हो । चिसोको नराम्रो अवस्था देखेर मौषम विभागले दिल्लीमा रेड अलर्ट जारी गरेको छ ।
यसैगरी यूपीको कानपुरमा यो २ डिग्री तथा लद्दाखको कारगिल जिल्लाको द्रासमा तापक्रम –२८.६ डिग्री सेल्सियस कायम भएको छ । मध्य प्रदेशको हिल स्टेशन मचमढीमा तापक्रम १.२ डिग्री सम्म ओर्लेको छ । राजस्थानको शेखावटीमा न्यूनतम तापक्रम –४ डिग्रीमा ओर्लिएको छ ।
दिल्लीमा शनिबार लगातार १५ औं दिनसम्म पनि सर्वा्धिक चिसो रह्यो । १९०१ पछि याहाँ सर्वा्धिक चिसो डिसेम्बरमा रह्यो ।
दिल्लीमा २०१३ को ३० डिसेम्बरमा तापक्रम २.४ डिग्री रहेको थियो १९९६ को डिसेम्बर ११ मा तापक्रम २.३ डिग्री तथा १९३० को २७ डिसेम्बरमा शून्य डिग्री रहेको थियो । उत्तर प्रदेशका धेरैजसो सहरमा तापक्रम जम्ने बिन्दुमा ओर्लिएको थियो । चिसोका कारण यो राज्यमा ५७ मानिसको मृत्यू भइसकेको छ ।
प्रतिक्रिया