सेनाका लागि हतियारमा रुसले खर्चियो २४ अर्ब डलर

सेनाका लागि हतियारमा रुसले खर्चियो २४ अर्ब डलर


एजेन्सी – रुसको रक्षा मन्त्रालयले यो वर्ष हतियार र राज्य प्रतिरक्षा गतिविधिमा १५ खर्ब रुबल अर्थात २४.२ अर्ब डलर खर्च गरेको उप रक्षा मन्त्री अलेक्सेल क्रिभोरुच्कोले जानकारी दिएका छन्।

यो कोषले रक्षा बलको हतियार प्रणालीलाई थप विकास गर्नका लागि सहयोग पुगेको क्रिभोरुच्कोले शनिबार प्रकाशित एक अन्तर्वार्तामा बताएका हुन् । “सेनालाई आधुनिक हतियार र उपकरणले सुसज्जित पार्न कोषको ६८ प्रतिशत भन्दा बढी रकम खर्च गरिएको छ । यसमा उच्च प्रविधिका सामग्रीहरुको खरिदको विषय पनि समावेश छ,” उनले बताए ।

यो वर्ष पछिल्ला हतियार र उपकरणसँगै सेनाको आधुनिकिकरणका लागि प्रमुख कदमको साक्षि भएको उनले बताए । यसले रुसको रक्षा क्षमतालाई सबल बनाउने पनि उनले बताए ।