एजेन्सी – अमेरिकी अन्तरिक्ष एजेन्सी नासाकी महिला वैज्ञानिक क्रिस्टिना कोचले लगातार एकै फ्लाइटमा २८८ दिन अन्तरिक्षमा बिताएर शनिबार इतिहास रचेकि छन् । यदी उनी २०२० को फेब्रुअरीमा पृथ्वीमा फिर्ता आइन भने उनले ३२८ दिनको समय बिताएकि हुनेछिन् ।
उनी २०१९ को मार्च १४ मा नासाका लागि फ्लाइट इन्जिनियरको रुपमा इन्टरनेसनल स्टेसनका लागी उडेकि थिइन् । यो भन्दा पहिले सेवानिवृत्त अन्तरिक्ष यात्री मार्क केलीले इन्टरनेशनल स्पेस स्टेसनमा ४३८ दिन बिताएका थिए ।
इन्टरनेशनल स्पेस स्टेशनमा बस्दाको समयमा क्रिस्टिना कोचले अन्तरिक्षमा ४ पटक स्पेसवाक समेत गरिसकेकि छन् । १५ महिला वैज्ञानकिले स्पेसवाक गरिसकेका छन् । तर प्रत्येक पटक उनीहरुको साथमा पुरुष अन्यरिक्ष यात्री हुने गरेका थिए । कोच र जेसिकाले बिना कुनैै पुरुष साथी स्पेसवाक गरेका छन् ।
उनी अन्तरिक्ष यात्री हुनुका साथै योग गर्न, दौडन, पर्वतारोहण, डुंगा चालउनका साथै फोटोग्राफी गर्न र घुम्ने विषयको शोखिन छिन् । अमेरिकी महिला अन्तरिक्ष यात्री पेन्गी विन्सटनले अमेरिकी इतिहासमा ६६५ दिन अन्तरिक्षमा बिताएको रेकर्ड राखेकि छन् । यद्यपि उनको यो रेकर्ड पाँच भिन्न भिन्न उडानमा भएको हो । क्रिस्टिना कोच पेन्गीलाई आफ्नो आदर्श मान्छिन् र उनलाई आफ्नो हिरोइन भएको बताउछिन् ।
प्रतिक्रिया