हुवावेले २०२० मा चीनमा मात्रै १० करोड फाइभ–जी फोन बेच्ने

हुवावेले २०२० मा चीनमा मात्रै १० करोड फाइभ–जी फोन बेच्ने


बेइजिङ – धेरै भन्दा धेरै अपरेटरले अर्को पुस्ताको नेटवर्कमा जाने तयारी गरेसँगै फाइभ–जीको युग नजिकिएको छ । यसै सन्दर्भमा चीनको दुरसंचार कम्पनी हुवावेले आफ्नो व्यापक आन्तरिक माग पुरा गर्नका लागि चिनियाँ बजारमा मात्रै २०२० मा १० करोड स्मार्टफोनको ढुवानी गर्ने भएको छ ।

जापानी विद्युतीय कम्पनी ताइयो युडेनका प्रमुख कार्यकारीले यस्तो बताएका हुन् । यो कम्पनीले विभिन्न स्मार्टफोन कम्पनीहरुलाई सेरामिक क्यापासिटर्सको आपूर्ति गर्दै आएको छ ।

अन्य चिनियाँ कम्पनीहरु जेटटीईसँग हुवावले थप फाइभ–जी आधार स्टेसन बनाउनका लागि कम्पोनेन्टका लगि थप अर्डर गरेको उनले एक अन्तर्वार्तामा बताएका हुन् ।

“हामीले फाइभ–जी आधार स्टेशनका लागि पहिलेनै अर्डर पाएका छौ,” उनले यसै साताको सुरुमा बताए । “अर्को वर्षको सुरुमा हामीले फाइभ–जी सम्बन्धित स्मार्टफोनका लागि अर्डर आउने पाएका छौ,” उनले बताए ।

अमेरिकाले आफ्ना गठबन्धन मुलुकहरुलाई हुवावे बहिष्कार गर्नका लागि आग्रह गरिरहे बावजुद यो बढ्दो माग आएको हो । वासिङटनले पहिलेनै हुवावेलाई कालो सूचीमा राखिसकेको छ । तर युरोपेली मुलुकहरु यसो गर्ने वा नगर्ने भन्ने विषयमा अझै विभाजित देखिएका छन् ।

जापानी आपूर्तिकर्ताको प्रमुख ग्राह हुवावेलाई अमेरिकाले लगाएको प्रतिबन्धले ताइयो युडेनलाई घाटा हुन सक्छ । तर आफ्ना अन्य ग्राहकहरु सामसङले पनि फाइभ–जी ल्याउन लागेकाले यो कम्पनीको सेयर मूल्यमा यो वर्षको सुरुदेखि हालसम्मको अवधिमा दोब्बरले वृद्धि भएको छ ।

अमेरिकी प्रविध कम्पनी एप्पल पनि २०२० मै फाइभ–जीको दौडमा प्रवेश गर्ने तरखरमा रहेको छ । हुवावेलाई सुपर फास्ट नेटवर्कको विकासको अग्रणीको रुपमा लिइदै आएको छ ।