चीनमा सुरु भयो आइस र स्नो फेस्टिभल

चीनमा सुरु भयो आइस र स्नो फेस्टिभल


बेइजिङ – चीनको हेलोङयांग प्रान्तस्थित हार्बिन शहरमा विश्वकै ठूलो आइस फेस्टिभल सुरु भएको छ । यो पर्वमा आसपासमा रहेको नदीमा जमेको बरफ काटेर ल्याइन्छ र यसलाई चित्त बुझ्ने आकार दिएर नयाँ सुन्दर होटल बनाइन्छ ।

यहाँको तापक्रम माइनस १७ डिग्री सेल्सियस भन्दा तल रहेको छ । प्रत्येक वर्ष हुने यस किसिमको पर्व हेर्नका लागि विश्वभरीबाट मानिस आउने गर्छन् । मानिसहरु दिनको तुलनामा रातमा याहाँ बढी आउने गर्छन् । किनकी रातमा ३–डी लेजर प्रकाशले यो कलाकृती जिवन्त देखिन्छ ।

१९८० को दसकदेखि यो पर्वको आयोजना चीनमा गरिदै आएको छ । न्यूज एजेन्सी सिन्ह्वाका अनुसार २०१७ मा पर्वका करिब १.८ करोड मानिस पुगेका थिए । सहरको विमानस्थलमा २०१८ मा २ करोड भन्दा बढी यात्री आएका थिए ।

करिब ६ लाख वर्ग मीटरमा बरफको राम्रो कलाकृती बनाइएको छ । यद्यपि यो कार्यक्रम १ महिना भन्दा बढी अवधिसम्म चल्नेछ । याहाँ आउने पर्यटक विन्टर स्वीमिङ, चेङगेन तालका विन्टर फिसिङका साथै हार्बिनमा बनेको साइबेरियन टाइगर पार्कको मज्जा लिनेछन् ।