बगदाद – अमेरिकी सेनाले इराक तथा सिरियामा इरान समर्थित आतंकवादी समूहमाथि आक्रमण गरेको छ ।
अमेरिकाको यो कारवाही इराकबाट रकेट प्रहार गरिएपछि भएको हो । इराकबाट रकेट प्रहार गरिएपछि अमेरिकी निवासी ठेकेदारको मृत्यु भएको थियो ।
अमेरिकी सेनाले पाँच स्थानमा आक्रमण गरेको थियो । पेन्टागनका प्रमुख जोनाथन हफम्यानले एक विज्ञप्तिमार्फत बताएका छन्, ‘अमेरिकामा इराकी ठेगानमा लगातार भइरहेको हमलापछि यो कारवाही गरिएको हो ।’
समाचारसंस्था रोएटर्सका अनुसार आइतवार इराकको पश्चिमी क्षेत्रमा रहेको अलकाइम जिल्लामा आक्रमण गरिएको हो । उक्त स्थान सिरियानजिकै पर्ने बताइएको छ ।
इराकका सुरक्षा निकाय तथा लडाकुहरूले रोएटर्सलाई बताएअनुसार कम्तीमा १८ लडाकुको मृत्यु भएको छ । तीनवटा आक्रमणमा ५० जनाभन्दा बढी घाइते भएको बताइएको छ ।
प्रतिक्रिया