दारेसलाम– विश्वकै बुढो पोथी गैडाको ५७ वर्षको उमेरमा गोरोनगोरो क्रेटरमा मृत्यू भएको हो ।
यसको बारेमा तान्जानियाको कन्जर्भेसनले जानकारी दिएको हो । सामाचार संस्था सिन्ह्वाका अनुसार गोरोनगोरो कन्जर्भेसन एरिया अथोरिटीका संरक्षण आयुक्त फ्रेडी मोगीले फाउस्टा नामको पोथी गैडाको शुक्रबार मृत्यू भएको जनाकारी दिएका हुन् । गैडाको मृत्यू कालगतीलेन भएको जानकारी उनले दिए ।
उनले भने,“रेकर्ड कायम गर्दै फाउस्टा विश्वका कुनै पनि गैडाको तुलनामा धेरैै समय बाचेको छ । २०१६ मा आफ्नो जीवनको अन्तिम तीन वर्षका लागि उसको आखाको ज्योती गुम्दै गरिहेको थियो । ५४ वर्ष भन्दा बढी समय सम्म गोरोनगोरोमा राखिएको थियो ।”
प्रतिक्रिया