एजेन्सी – अमेरिकी सेनाले बढ्दो रूपमा लोकप्रिय टिकटक एपको प्रयोग कार्यालय प्रयोजनमा प्रयोग हुने मोबाइल फोनमा चलाउन रोक लगाएको छ । सुरक्षाको कारण देखाउँदै यस किसिमको प्रतिबन्ध लगाइएको हो ।
चिनियाँ कम्पनी बाइट डान्सको स्वामित्वमा संचालन हुँदै आएको उक्त एपलाई अमेरिका लगायत विभिन्न मुलुकम निगरानीको सूचीमा राखिदै आएको छ ।
अमेरिकी सेनाकी प्रवक्ता प्रमुख सेनानी रोबिन ओचोआले उक्त एपलाई साइबर खतराका रूपमा हेरिएको अमेरिकी सञ्चार माध्यमलाई बताएकी छन् ।
विश्वभरि यो एपको ५० करोर्ड प्रयोगकर्ता रहेका छन् । यो एपले प्रायःजसो फरक किसिमका छोटा भिडिओ आफैँ सम्पादन गरेर सार्वजनिक गर्न सहयोग गर्छ ।
कुनै पनि किसिमका गिती वा ठट्यौलो सामग्री भिडिओमा १५ सेकेन्ड जति ओठ मिलाउँदै अभिनय गर्न र त्यसलाई अरूले हेर्न मिल्ने गरी सार्वजनिक गर्न सकिने एप युवा प्रयोगकर्ताबीच निकै लोकप्रिय छ ।
प्रतिक्रिया