वासिङटन – अमेरिकाका वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प वा पूर्व राष्ट्रपति बाराक ओबामा फेरी एक पटक आमने सामने भएका छन् । तर यो वर्ष कोही बिजेता र कोही पराजित भएका छैनन् ।
दुवैबीचको मुकाबिला बराबरी रहेको छ । एक अमेरिकी एजेन्सीले गरेको सर्भेमा डोनाल्ड ट्रम्प र बाराक ओबामा सर्वाधिक प्रशंसनीय व्यक्तिको सूचीमा बराबारीमा आएका छन् । यो सूचीमा बाराक ओबामा लगातार रहदै आएका थिए भने डोनाल्ड ट्रम्पले उनलाई यसपटक टक्कर दिएका छन् ।
अमेरिक सर्भे एजेन्सी ग्यालपले गरेको एक सर्भेमा २०१९ मा सर्वाधिक लोकप्रिय अमेरिकीको व्यक्तिको रुपमा शीर्ष स्थानमा डोनाल्ड ट्रम्प र बाराक ओबामा रहेका छन् । दुवै नेतालाई यस पटक १८–१८ प्रतिशत भोट प्राप्त भएको छ । गत वर्ष बाराक ओबामालाई १९ र डोनाल्ड ट्रम्पलाई १३ प्रतिशत मत प्राप्त भएको थियो ।
यो सूचीमा नेता मात्रै नभएर अमेरिकाका कैयौ ठूला हस्तिहरुलाई पनि समावेश गरिएको छ । सूचीको पहिलो र दोस्रो स्थानमा बाराक ओबामा र डोनाल्ड ट्रम्प रहका छन् भने तेस्रो, चौथो र पाचौ क्रमशः जिम्मी कार्टर, इलोन मस्क र बिल गेट्स रहेका छन् ।
महिलातर्फ मिशेल ओबामा १० प्रतिशत, मेलानिया ट्रम्प ५ प्रतिशत, ओपरा विनफ्रे ३ प्रतिशत, हिलारी क्लिनटन ३ प्रतिशत र ग्रेटा थनबर्ग ३ प्रतिशतका साथ शीर्ष पाँचको सूचीमा रहेका छन् ।
प्रतिक्रिया