भ्रमण वर्षको पहिलो दिन : देशभर यसरी गरियो पर्यटकको स्वागत (फोटोफिचर)

भ्रमण वर्षको पहिलो दिन : देशभर यसरी गरियो पर्यटकको स्वागत (फोटोफिचर)


काठमाडौं – भ्रमण वर्षको पहिलो दिन आज मुलुक भर नेपाल आएका पर्यटकलाई स्वागत गरिएको छ । नेपाल भ्रमण वर्ष २०२० प्रारम्भ भएको अवसरमा आज नयाँ वर्ष शुरु भएकै दिन काठमाडौं उपत्यका लगाएत देशका विभिन्न ठाउँमा पुगेका पर्यटकलाई माला तथा खादा लगाएर स्वागत गरिएको हो ।

त्रिभुवन विमानस्थलले बिहानै फ्लाई दुवईबाट काठमाडौं भित्रिएका यात्रुलाई खादा लगाएर सम्मान गरेको छ । काभ्रे, चितवन, झापा, भक्तपुर लगायतका महत्वपूर्ण पर्यटकीय स्थलमा पुगेका विदेशी पर्यटकहरुलाई अतिथीका रुपमा फुलमाला, खादा, ढाकाटोपी लगाएर सम्मान गरिएको हो ।

आजदेखि सुरु भएको भ्रमण वर्षको उद्घाटनमा अपराह्न ४ बजेपछि त्रिपुरेश्वरस्थित रंगशालामा औपचारिक कार्यक्रम हुँदैछ । राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने र प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।