काठमाडौं –सशस्त्र प्रहरी बलका तीन जना डिआईजीले अवकास पाएका छन् । अवकास पाउनेमा डिआईजीहरु सुरजकुमार श्रेष्ठ, बाबुराम पाण्डे र अरविन्द धिताल रहेका छन् । सशस्त्रमा एआईजीको दरबन्दी थप्न सरकार सकरात्मक नभएपछी उनिहरु अन्तिम समयमा नियमावली संसोधन गरेर डिआईजीको पदावधी थपका लागी लविङमा लागेका थिए ।
२०५१ सालमा नेपाल प्रहरीमा भर्ना भएका तिनै जना दरबन्दी थपका लागी लागेपनि गृह नेतृत्व सकरात्मक नबन्दा २५ वर्षमै तीनै जना डिआईजी अवकासमा गएका हुन् ।
सशस्त्रमा तीन जना डिआईजीको दरबन्दी रिक्त छ । डीआईजी रामप्रकाश श्रेष्ठ, वसन्त बानियां र राजुराम सुवालसंगै श्रेष्ठ, पाण्डे र धितालले अवकाश पाएपछि सशस्त्र प्रहरीमा अब ६ जना डीआईजीको दरबन्दी खाली भएको छ ।
रिक्त दरबन्दीमा बढुवाका लागि प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) हरिशंकर बुढाथोकी, राजेन्द्र बस्नेत, केबी ब्रम्हाचार्य, हरिशचन्द्र अधिकारी, वंशिराज दाहाल, किशोर प्रधान, अभिकुमार खत्री लगायत प्रतिस्पर्धामा छन् ।
प्रतिक्रिया