सशस्त्रमा निकटका बढुवा गर्न दरबन्दी थपको खेल, मन नपर्नेको दुई वर्ष बढुवा रोकियो

सशस्त्रमा निकटका बढुवा गर्न दरबन्दी थपको खेल, मन नपर्नेको दुई वर्ष बढुवा रोकियो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– सशस्त्र प्रहरी बलमा बुधवार तीन जना डिआईजीले अनिवार्य अवकास पाएका छन् । सशस्त्र प्रहरी बलमा २५ वर्ष सेवा गरेका तीनै जना मध्यम तहका अधिकृतहरु हुन् । डिआईजी सुरज श्रेष्ठ, बावुराम पाण्डे र अरविन्द घिताललाई बढुवा गर्न सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले निकै जोडबल गरेपनि उनि सफल भने हुन् सकेनन् ।

डिआईजी श्रेष्ठ भावी सशस्त्र प्रहरी महानिरीक्षकको उम्मेदवार भएकाले पनि उनलाई एआईजीको दरबन्दी सिर्जना गरेर बढुवा गर्ने वा नियमावली संशोधन गरेर भएपनि डिआईजीको पदावधी थप गर्ने प्रयत्न थियो । तर, सरकारले दुवै गर्न अस्विकार गरेपछि उनको खेल सफल हुन सकेन् ।

श्रेष्ठ सशस्त्रमा छायाँ आईजीका रुपमा समेत परिचित थिए । तर,व्यवसायीक रुपमा उनी अब्बल अधिकृत होइनन् । खनालले आफुसँग निकट भएकै कारण पनि उनको बढुवाको लागी पहल गरेका थिए । उनले नेकपाका अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहालदेखी गृहमन्त्री रामबहादुर थापालाई भेटी एआईजी दरबन्दी थपका लागी पहल गरेपनि उनको मिसन सफल भएन् ।

त्यसै पनि सशस्त्रमा हाल एक एआईजीको दरबन्दी थप गरेर समस्या समाधान हुने अवस्था थिएन् । किनभने सशस्त्रमा दुई जना मात्रै एआईजीको दरबन्दी रहेको छ भने एक एआईजी दरबन्दी विना नै काम गरिरहेका छन् । सरकारले २०७५ जेठ २७ गते सशस्त्र प्रहरीमा एआईजीको दरबन्दी २ जना रहने तर तीन जनाले काम गर्ने निर्णय भएको थियो ।

सशस्त्रका तीन डिआईजीहरु पुष्पराम केसी,नारायणबावु थापा र रामशरण पौडेल एकै दिन एआईजीमा बढुवा भएका थिए । उनिहरु तीनै जनामध्ये जो पहिले अवकास पाउँछ त्यसमा बढुवा नगर्ने सरकारको निर्णय थियो । यसरी सशस्त्रमा एक जना एआईजीको दरबन्दी थप गरेर मात्र श्रेष्ठलाई बढुवा गर्न सक्ने अवस्था थिएन् । दुई जनाको दरबन्दी थपका लागी सरकार सकरात्मक नबनेपछी डिआईजीको ५ वर्षे पदावधीलाई नियमावली संशोधन गरेर ६ वर्ष बनाउने प्रस्ताव अघि बढेको थियो ।

सशस्त्र प्रहरी महानिरीक्षक खनालले आफू निकटकालाई बढुवा गर्न दरबन्दी थपदेखी नियमवाली संशोधन गर्नेसम्मका काम गरेपनि कानुन,लेखा र इन्जिनियरिङ समुहतर्फको बढुवा भने दुई वर्षदेखी रोकेर राखेका छन् । दरबन्दी रिक्त भएको दुई वर्ष बितिसक्दा पनि उक्त समुहका अधिकृतहरुको बढुवा नगर्दा मर्कामा परेको गुनासो संगठनभित्र व्यापक छ । महानिरीक्षक खनाललाई बढुवाका लागी संगठनभित्रकै उच्च अधिकारीहरुले नै पहल गर्न आग्रह गरेपनि उनले प्राविधिकभन्दा इन्फेन्ट्रिका धेरै अधिकृतहरु सिनियर रहेको भन्दै बढुवा गर्न आलटाल गर्दै आएका छन् । जबकी सशस्त्रमा लेखा, कानुन र इन्जिनिरियङलाई छुट्टै समूहका रुपमा राखिएको छ ।

‘उहाँलाई केही मन नपर्ने अधिकृतहरु बढुवाको लाइनमा भएर प्राविधिकतर्फ बढुवा गर्न नखोज्नु भएको हो, नभए दुई वर्षसम्म दरबन्दी रिक्त हुँदा पनि प्रक्रिया अघि नबढाउने कुरा कसरी सहि हुन्छ,जबकी निकटकालाई बढुवा गर्न नियमावली नै संशोधन गर्ने काम हुन्छ ,’ सशस्त्रका एक डिआईजीले काठमाडौंपाटीसंग भने ।

सशस्त्रको इन्जिनियरिङतर्फ डिएसपीहरु नानीराम हुमागाई र प्रमोद कुमार शाह एसपीमा बढुवा भएको दुई वर्ष भइसकेको छ । ०७४ वैशाखदेखी दरबन्दी रिक्त भएपनि त्यसमा बढुवा गरिएको छैन् । इन्सपेक्टरहरु जिवन बस्नेत, पुरुषोतम यादव र सुर्य मण्डल बढुवाको लाइनमा भएपनि उनीहरुको बढुवा रोकेर राखिएको छ । डिसपी, इन्सपेक्टर र सईको बढुवा रोक्दा त्यसले तल्लो दर्जासम्मको बढुवामा समेत असर परेको छ ।

‘सबैको ध्यान माथिल्लो तहको बढुवामा मात्र जान्छ, हामीलाई परेको मर्काबारे कोही बोल्दैन । गृहमन्त्रालयले पनि यसबारेमा अहिलेसम्म चांसो दिएको छैन्,’ सशस्त्रका एक प्राविधिक अधिकृतले भने । समाचारबारे सशस्त्रका सह–प्रवक्ता डिएसपी अजय छतकुलीसंग बारम्वार सम्र्पक गर्दा उनको टेलिफोन उठेन ।