काठमाडौंको चन्द्रागिरीसहित हिमाली भेगमा भारी हिमपात, पर्यटक फुरुङ्ग (फोटोफिचर)

काठमाडौंको चन्द्रागिरीसहित हिमाली भेगमा भारी हिमपात, पर्यटक फुरुङ्ग (फोटोफिचर)


काठमाडौं – पश्‍चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण बिहीबार र शुक्रबार देशका विभिन्‍न स्थानमा वर्षा र हिमपात भएको छ ।

हिमपातका कारण केही स्थानको जनजीवन कष्टकर बनेको छ भने हिउँ खेल्‍न जाने आन्तरिक पर्यटकहरु भने हिउ पर्दा प्रफुल्लित भएका छन् । हिउँ पर्दा किसान पनि खुसी छन् ।

आज हिमाली भेगमा भारी हिमपात भएको छ भने काठमाडौंको चन्द्रागिरीमा पनि हिमपात भएको छ । हिमपात भएसँगै पर्यटकहरुको भिड लागेको छ ।