काठमाडौं–नवनिर्वाचित उपसभामुख शिवमाया तुम्बाहाम्फेले संविधानअनुसार जनताको काम गर्न आफू प्रतिबद्ध रहेको बताएकी छन् । शुक्रबार उपसभामुखमा निर्वाचित भएलगत्तै संघीय संसद भवन परिसरमा सञ्चारकर्मीमाझ उनले संविधानको परिधिभित्र रहेर आफूले भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेकी हुन् ।
उनले कानुन निर्माण गर्नुपर्ने दायित्व आफूमाथि आइपरेको बताएकी छन् ।
प्रतिक्रिया