यस्तो छ सुलेमानीलाई मार्ने घातक अमेरिकी ‘ड्रोन’

यस्तो छ सुलेमानीलाई मार्ने घातक अमेरिकी ‘ड्रोन’


वासिङटन – अमेरिकाले शुक्रबार इराकको राजधानी बगदादमा हवाई हमला गरेर इरानका सबैभन्दा बलिया जनरल कासिम सुलेमानीको हत्या गरेको थियो ।

अमेरिकाले जनरल सुलेमानीलाई उक्त समयमा निशाना बनायो, जब उनी बगदाद इन्टरनेशनल एयरपोर्टबाट बाहिर निक्लिएर जादै थिए । अमेरिकाले इरानका शीर्ष जासुसी कमाण्डर जनरल सुलेमानीलाई मार्नका लागि ड्रोनको प्रयोग गरेको थियो । यो ड्रोनको नाम हो एमक्यू–९ रिपर ।

अमेरिकाको यो घातक ड्रोन ‘आम्र्ड, मल्टी–मिशन, मीडिया–अल्टिच्यूड तथा लंग इन्डुरेन्स सिस्टम हो । अमेरिकी एयरफोर्सका अनुसार यो ड्रोन ठूलो हमलाका लागि तयार गरिएको हो । यो ११५० माइल रेन्जका साथ ५० हजार फिटको उचाइसम्म उडान भर्नका लागि सक्षम छ । एमक्यू–९ रिपर ड्रोनमा वाइड रेन्ज, मल्टि–मोड कम्युनिकेसन्स सूट तथा छोटो हतियार सहित तयार पारिएको छ ।

४ हजार ९०० पाउन्डको वजन भएको यो ड्रोनमा २ हजार २०० लीटर इन्धन भर्न सकिन्छ । यो ४ हजार ७६० किलो वजन बोकेर २३० किमी प्रतिघन्टाको रफ्तारमा उडान भर्न सक्ने क्षमताको रहेको छ । यो ड्रोनको प्रयोग निगरानी गर्न, खोज अभियान चलाउन तथा राहात –बचाव मिशनमा पनि गरिन्छ ।

एमक्यू–९ रिपर ड्रोन २००७ देखि प्रयोग गरिदै आएको छ । यसको पंखाको लम्बाइ ६६ फीट रहेको छ । यो ड्रोनको मूल्य ६ करोड ४२ लाख डलर पर्छ । एमक्यू–९ रिपर ड्रोन चलायमान निशानामा सटिकताका साथ प्रहार गर्न सक्षम रहेको छ । यसबाट हेलफायर मिसाइललाई सहज प्रहार गर्न सकिन्छ । यो ड्रोनमा एक पाइलट तथा सेन्सर अपरेटर बस्ने ठाउँ पनि रहेको छ ।

अमेरिकाले शुक्रबार इराकको राजानी बगदादमा एमक्यू–९ रिपर ड्रोनबाट हवाई हमला गरेको थिया । यो हमलामा इरानका वरिष्ठ कमाण्डर जनरल कासिम सुलेमानी मेत ८ जनाको मृत्यू भएको थियो । यसपछि इरानले आफ्ना कमाण्डर सुलेमानीको मृत्यूको बदला लिने घोषणा गरेको थियो ।