तेहरान – अमेरिकी हमलामा इरानी जनरल कासिम सुलेमानीको हत्यापछि इरान र अमेरिका दुवैले एक अर्काप्रति कठोर व्यवहार अपनाउँदै आएका छन् ।
आइतबार राष्ट्रपति डोनाल्ड ट्रम्पपले इरानलाई ब्रान्ड नयाँ हतियारले हमला गर्ने धम्मी दिएका थिए । अन्तर्राष्ट्रिय मीडियामा प्रकाशित समाचारका अनुसार ट्रम्पको धम्कीको केही समयपछि इरानले ट्रम्पको टाउको ल्याउनेलाई ८ करोड डलरको पुरस्कारको घोषणा गरेको छ ।
जनरल सुलेमानीको अन्तिम संस्कारको समयमा एक संस्थाले इरानको सबै नागरिकलाई १ डलर दान गर्नका लागि अपिल गरेको छ ।
ट्रम्पको टाउकोको बदलामा ८ करोड डलरको रकम जम्मा गर्नका लागि संस्थाले सबै इरानी नागरिकलाई दानको अपील गरेको हो ।
मसादमा जुन समय सुलेमानीको अन्तिम संस्कार गरिएको थियो सोही समयमा एक इरानी संस्थाले उक्त आग्रह गरेको हो ।
अमेरिकी राष्ट्रपति ट्रम्प ट्वीटरमा लगातार इरानको बिरुद्धमा पोस्ट गर्दै आएका छन् । टाउकोको पुरस्कार तोकिएपछि ट्रम्पले पनि ट्वीट गरेका छन् ।
उनले भने, ‘इरानले यदी कुनै अमेरिकी प्रतिष्ठान तथा अमेरिकीलाई चोट पुर्याएमा उसलाई तत्काल तथा पुरै किसिमले खतरनाक रुपमा जवाफ दिइने छ ।’
प्रतिक्रिया