चीनले भारतीय सीमा तिब्बतमा सुरु गर्‍यो ठूलो सैन्य अभ्यास, शक्तिशाली मिसाइल तैनाथ

चीनले भारतीय सीमा तिब्बतमा सुरु गर्‍यो ठूलो सैन्य अभ्यास, शक्तिशाली मिसाइल तैनाथ


तिब्बत – चीनको सेनाले भारतको सीमा जोडिएको उचाई भएको तिब्बती क्षेत्रमा ठूलो सैन्य अभ्यास सुरु गरेको छ । चीनको सेनाले टाइप –१५ हलुका लडाकु ट्यांक तथा नयाँ एमएम वाहनमा राखिएको तोप पनि तैनाथ गरेको छ ।

ग्लोबल टाइम्सका अनुसार पिपुल्स लिबरेशन आर्मी तिब्बतको सैन्य कमानले नयाँ वर्षमा अभ्यास सुरु गरेको हो । यस अनुसार पीएलएले तिब्बतको राजधानी ल्हासादेखि सरहदी रक्षा मोर्चाको सीमा सम्म हेलिकप्टर, बख्तरबन्द गाडि, भारी तोपखाना तथा विमानलाई झार्ने मिसाइल तैनाथ गरेको हो ।

भारत र चीनको वास्तविक नियन्त्रण रेखा ३ हजार ४८८ किलोमीटर लामो छ । जुन अरुणान्चलदेखि सिक्किमसम्म फैलिएको छ । चीनले अरुणान्चल प्रदेश दक्षिण तिब्बतको हिस्सा मान्दै आएको छ ।