२०१९ मा एउटा मात्रै बिक्यो नानो कार, उत्पादन बन्द

२०१९ मा एउटा मात्रै बिक्यो नानो कार, उत्पादन बन्द


नयाँ दिल्ली – टाटा मोटर्सको नानो कार बन्द हुने स्थितिमा पुगेको छ । कम्पनीले यो कारको उत्पादननै बन्द गरिसकेको छ । सेयर बजारलाई दिएको जानकारी अनुसार टाटा मोटर्सले २०१९ को डिसेम्बरमा एउटा पनि नानो उत्पादन नगरेको उल्लेख गरको छ ।

यो महिना एउटा पनि नानो बिक्री नगरेको पनि कम्पनीले जनाएको छ । २०१८ को डिसेम्बरमा टाटा मोटर्सले ८२ वटा कारको उत्पादन गरेको थियो र ८८ वटा नानो कारको बिक्री भएको थियो ।

यसैगरी २०१९ को नोभेम्बरमा कम्पनीले नानोका एक उत्पादन पनि बिक्री तथा उत्पादन गरेको थिएन । १ वर्ष पहिले २०१८ को नोभेम्बरमा नानोको उत्पाद ६६ भएको थियो र ७७ वटा बिक्री भएको थियो । अक्टोबरमा एउटा नानो पनि उत्पादन वा बिक्री भएको थिएन । २०१८ को अक्टोबरमा कम्पनीले ७१ उत्पादन र ५४ बिक्री गरेको थियो । २०१९को फेब्रुअरीमा एक मात्र नानो कारको बिक्री भएको थियो ।

२००९ मा भएको थियो लन्चिङ

२००९ मा रतन टाटाले टाटा मोटर्सको नानो कार लन्च गरेका थिए । यो भन्दा पहिले २००८ मा कारको अटो प्रदर्शनी गरिएको थियो । यो कारको माध्यमबाट रतन टाटा सामान्य मानिसको कारको सपना पुरा गर्न चाहन्थे ।

यही कारणले रतन टाटाले लन्चिङको समयमा यो कारलाई ‘सामान्य मानिसको कार’ बताएका थिए । यो कारको सुरुवाती मूल्य १ लाख ६० हजार नेरुको आसपासमा रहेको थियो ।

यो कारलाई जोडतोडका साथ बजारमा उतारिएको थियो । टाटा मोटर्सले बारम्बार भन्दै आएको छ कि नानोको भविष्यको बारेमा अझै अन्तिम फैसला गरिएको छैन ।