इरानले अमेरिकी सेनालाई आतंकवादी घोषणा गर्‍यो

इरानले अमेरिकी सेनालाई आतंकवादी घोषणा गर्‍यो


एजेन्सी – इरानले अमेरिकी सेनालाई आतंकवादी घोषणा गरेको छ ।

इरानको सरकारले अमेरिकी सेनालाई आतंकवादी घोषणा गरेको समाचार संस्था एएफपीले जनाएको छ ।

हालै इरानको उच्च सैन्य कमान्डर कासिम सुलेमानीलाई अमेरिकाले ड्रोन आक्रमण गरी हत्या गरेको थियो ।

हाल कासिम सुलेमानीको मृत्युलाई लिएर अमेरिका र इरानबीच निकै तनाव बढेको छ । इरानले अमेरिकासँग बदला लिने घोषणा गरिसकेको छ ।

यसबीचमा इरानले अमेरिकी सेनालाई आतंकवादी घोषणा गरेको हो । इरानले आफ्ना मस्जिदमा रातो झन्डा फहराएर अमेरिकासँग युद्धको घोषणा गरिसकेको पनि अन्तर्रा्ष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् ।