तेहरान – इराकमा अमेरिकी सैन्य ठेगानामा गरिएको हमलाको विषयमा स्पष्टिकरण दिँदै इरानले उक्त हमला युद्ध नभएर आत्मरक्षा भएको जनाएको छ ।
इरानका विदेश मन्त्री जवाद जरिफले इरानले संयुक्त राष्ट्र संघको बडापत्रको धारा ५१का अनुसार आत्मरक्षाका लागि मिसाइल प्रहार गरिएको बताएका छन् ।
यीनै सैन्य ठेगानाबाट हाम्रा नागरिक तथा वरिष्ठ अधिकारीका बिरुद्धमा कायरतापूर्ण सशस्त्र हमला गरिएको थियो ।
उनले भने, ‘न हामी बदला लिइरहेका छौं न युद्धको सुरुवात नै गरिरहेका छौं । हामी कुनै पनि हमला भन्दा पहिले आफ्नै बचाउ गर्दछौं ।’
प्रतिक्रिया