तेहरान – इरानको राजधानी तेहरानबाट किभतर्फ गइरहेको दुर्घटनामा परेको युक्रेनी विमानका यात्रु कोही पनि जिवित हुने सम्भावना कम भएको इरानको रेड क्रेसेन्टले जनाएको छ ।
युक्रेनी इन्टरनेशनल एयरलायन्सको विमान इरानको इमाम खोमेनी विमानसथलबाट उड्नासाथ दुर्घटनामा परेको फार्स स्टेट न्यूज एजेन्सीले जनाएको छ । उक्त विमान युक्रेनी राजानी किभतर्फ जानका लागि उडेको थियो ।
यो दुर्घटना इरान–अमेरिका विवादको शिकार भएको हो वा होइन भन्ने विषय अझै स्पष्ट भइसकेको छैन । उद्धार टोलीलाई विमान दुर्घटना भएको विमानस्थल नजिकैको क्षेत्रमा पठाइएको छ ।
‘विमानमा आगो लागेको छ र हामीले क्रुलाई पठाएका छौं । आशा गरौं हामी केही यात्रुलाई बचाउन सक्छौं,’ इरानको आपतकालिन सेवाका प्रमुख पिरहोसिन कौलिभान्डले बताएको रोयटर्सले जनाएको छ । विमानमा १८० जना यात्रु रहेको जनाइएको छ ।
प्रतिक्रिया