तेहरान – इराकमा अमेरिकी सैन्य अड्डामा भएको इरानी आक्रमणमा ८० को मृत्यू भएको छ । यसमा २० अमेरिकी सैनिक पनि समावेश भएको दावी इरानी मीडियाले गरेका छन् ।
इरानी सैन्य कमाण्डर कासिम सुलेमानीको हत्यापछि मंगलबार राती अबेर इरानले इराकस्थित अमेरिकी सैन्य अड्डामा दर्जनौ ब्यालिस्टिक मिसाइलले हमला गरेको थियो । यद्यपि पेन्टागनले नोक्सानीको लेखाजोखा गरिरहेको छ । यसैबीच इरानी मीडियाले इरानी मिसाइल हमलामा ८० को मृत्यू भएको दावी गरेका छन् ।
अमेरिका र इरानबीच जारी तनावकाबीच इरानको राजधानी तेहरानस्थित इमाम खुमेनी अन्तर्राष्ट्रिय हवाई अड्डा नजिक एक यात्रु विमान दुर्घटना भएको छ ।
उक्त दुर्घटनामा सवार सबै १८० मारिएका आशंका गरिएको छ । इरानको रेड क्रिसेन्टले तेहरानबाट उडान भरे लगत्तै बुधबार दुर्घटना भएको एक युक्रेनी विमानमा १८० यात्रु सवार भएको उल्लेख गरेको छ ।
प्रतिक्रिया