इरानको मिसाइल आक्रमणपछि ट्रम्पको विशेष सम्बोधन (लाइभ)

इरानको मिसाइल आक्रमणपछि ट्रम्पको विशेष सम्बोधन (लाइभ)


एजेन्सी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा इरानको विषयलाई लिएर ह्वाइट हाउसबाट सम्बोधन सुरू भएको छ । इरानी हमलामा अमेरिकी सेनालाई केही पनि नभएको उनले बताए ।

गत शुक्रबार अमेरिकी ड्रोन आक्रमणमा परेर सैनिक कमान्डर कासिम सुलेमानी मारिएपछि राष्ट्रपति ट्रम्पको यो पहिलो आधिकारिक सम्बोधन हो ।

यसबीच इरानले मंगलबार मध्यरात इराकस्थित दुई अमेरिकी सैन्य अखडामा दर्जन बढी मिसाइल हमला गरेको थियो । यसमा कोही पनि हताहत नभएको अमेरिका र इराकले दाबी गर्दै आएको छ ।

इरानले भने ८० अमेरिकी सैनिक मारिएको दाबी गरेको छ । यसको स्वतन्त्र पुष्टि हुन सकेको छैन ।