इराकमा फेरि मिसाइल आक्रमण, ५ सिपाहीको मृत्यु

इराकमा फेरि मिसाइल आक्रमण, ५ सिपाहीको मृत्यु


बगदाद – इराकको राजधानी बगदादमा २४ घण्टाको अवधिमा अर्को हमला भएको छ । यो २ वटा मिसाइल आक्रमण उच्च सुरक्षा रहेको ग्रीन जोन (अन्तर्राष्ट्रिय क्षेत्र) मा खसेका थिए ।

मिसाइल खसाइएको क्षेत्रमा विशेषगरी धेरै मुलुकका विदेशी दूतावास रहेका छन् । ठूलो विस्फोटको आवाज आएपछि यो ग्रीन जोन क्षेत्रमा सतर्कताको घन्टी साइरन बजेको थियो ।

यद्यपि यो आक्रमणको जिम्मा कसैले पनि नलिएकाले आक्रमण कसले ग¥यो भन्ने एकिक हुन सकेको छैन । इरानले बुधबार अमेरिकी सैन्य क्याम्पमा २२ वटा मिसाइल हानेको थियो ।

यद्यपि अमेरिकी अधिकारीहरुले यो हमलाको पछाडि इराकस्थित इरान समर्थित शिया विद्रोही संगठन ‘हाशेद’ को हात रहेको दाबी गरेका छन् । इरान समर्थित संगठन पिएमएफका प्रवक्ताका अनुसार यो हमलामा कम्तीमा ५ जना सेनाका जवान मारिएको बताइएको छ ।

पिएमएफ शिया लडाकुको एक गुट हो । यो आधिकारिक रुपमा इराकी सुरक्षाबलमा संलग्न रहँदै आएको छ । रकेट हमलामा मारिएका महुन्दिस यस संगठका उप प्रमुख थिए । इराकमा अमेरिकी सेनाविरुद्ध उभिएपछि ट्रम्प प्रशासनले उनलाई कालोसूचीमा राखेको थियो ।