इरालने जस्तै अमेरिका-भारतले पनि आफ्नै विमान खसालेका थिए

इरालने जस्तै अमेरिका-भारतले पनि आफ्नै विमान खसालेका थिए


तेहरान-  युक्रेनी यात्री विमान बोइङ–७३७ गल्तीले खसालेको इरानले स्वीकार गरेको छ । उक्त विमानमा १७६ सवार थिए र सबैको मृत्यू भएको छ ।

सेनाले वक्तव्य जारी गर्दै यसलाई मानविय भूल भएको जनाएको छ । यो घटना इरानले इराकमा रहेका अमेरिकी सैनिक ठेगानमा मिसाइल आक्रमण गरेकै समयमा भएको छ । विमानले तेहरानको इमाम खुमैनी अन्तर्राष्ट्रिय हवाई अड्डाबाट युक्रेनको राजधानी किभको बार्यस्पिल अन्तर्राष्ट्रिय हवाई अड्डाका लागि उडान भरेको थियो ।

इरानी अधिकारीले यो भन्दा पहिले प्राविधिक गडबडीका कारण दुर्घटना भएको जनाएको थियो । नागरिक उड्डयन मन्त्रालयका प्रवक्ता रजा जाफरजादेहले योे विमान तेहरानको दक्षिण–पश्चिमी इलाकामा दुर्घटनाको शिकार भएको बताएका छन् । जाँचदल तथा बचाउकर्मी दुर्घटनास्थलम पुग्दा कसैलाई पनि जिवित फेला पारेका थिएनन् । इरानले कैयौ दिनसम्म आफ्नो मिसाइलले विमान खसालेको विषय अस्वीकार गर्दै आएको थियो ।

उक्त विमानमाा १६७ यात्री तथा विभिन्न देशका ९ क्रु सदस्य थिए । अधिकारीका अनुसार विमानमा ८२ इरानी, लगभग ६३ क्यानेडियन तथा ११ युक्रेनी सवार थिए । भारत–अमेरिकाले पनि गरेका थिए विमान खसाल्ने गल्ती आफ्नै मुलुकको सेनाले सोही मुलुकमा विमाग खसालेको यो पहिलो पटक भने होेइन ।

भारतीय वायुसेनाले पनि गत वर्ष बालाकोट एयर स्ट्राइकपछि २६ फेब्रुअरीमा भारतीय वायुसेनाले श्रीनगरम गल्तीपूर्वक आफ्नै एमआई–१७ भी–५ हेलिकप्टर खसालेको थियो । उक्त हेलिकप्टरमा ६ वायुसेनाकर्मी थिए । उक्त हमलामा सबैको ज्यान गएको थियो । १४ अप्रिल १९९४ मा पनि अमेरिकी वायु सेनाले गल्तीले आफ्नो देशको सेनाको दुई ब्ल्याक हक हेलिकप्टर खसालेका थिए । उक्त हेलिकप्टरमा कुल २६ यात्री थिए । जसमा ११ अन्य देशका थिए ।