भारतमा क्रिस्चियन प्रभू येशूको मूर्तीलाई संकट !

भारतमा क्रिस्चियन प्रभू येशूको मूर्तीलाई संकट !


काठमाडौं – भारतमा हिन्दू–मुस्लिम विवाद पटक–पटक सतहमा देखिन्छ । हिन्दू समुदाय अब क्रिस्चियन धर्मका प्रभू येशूको मूर्तीविरुद्ध समेत देखिएको छ । कर्नाटकको तत्कालीन भारतीय कांग्रेस सरकारले बैंगलुरुभन्दा ६५ किलोमिटर टाढा कनकपुरामा येशूको ११४ फिट अग्लो मूर्ती बनाउन १० एकड जमिन दिने प्रस्ताव राखेको थियो । हाल प्रदेशमा भारतीय जनता पार्टी (भाजपा) सरकारसमक्ष हिन्दू जागरण वेदिक संस्थाले त्यो प्रस्ताव फिर्ता लिन माग गरिरहेको छ ।

येशूको प्रस्तावित मूर्तीविरुद्ध हिन्दू जागरण समर्थक सदस्यले कनकपुरामा विशाल ¥याली गरेका छन् । मूर्ती बनाउन धेरै सस्तो १० लाख रुपैयाँमै जमिन दिने कांग्रेस विधायक डीके शिवकुमार ‘मनि लन्ड्रिङ’मा मुछिएपछि मुर्ती विवाद बढेको हो । उनी ५० दिन जेल समेत रहे । डीके अघिल्लो सरकारका मन्त्री र कनकपुराबाट निर्वाचित विधायक थिए ।
येशूको मूर्तीविरुद्ध गरिएको प्रदर्शनको महत्व बुझाउन राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस) ले कल्लडका प्रभाकर भट्ट जस्ता कट्टर नेतालाई ¥यालीमा सहभागी गरायो । २ दशकअघि कर्नाटकको तटीय जिल्लालाई ‘हिन्दूत्वको प्रयोगशाला’मा बदल्ने श्रेय कल्लडकालाई नै दिने गरिएको छ ।बीबीसी हिन्दीमा प्रकाशित रिपोर्ट अनुसार मूर्ती विवाद ‘क्रिस्मस डे’बाट बढेको हो । बीबीसीसँग कल्लडकाले भने, ‘प्रदर्शन बढ्दै जानेछ, हामी यसलाई त्यत्तिकै छाड्नै छैनौं । हामी यसलाई तार्किक निष्कर्षमा पु¥याउँछौं ।’

क्रिसमसको अवसरमा २५ डिसेम्बरका दिन कनकपुराको पहाडमा शिवकुमारले येशूको मुर्ती शिलान्यास गरेपछि विवाद सतहमा आएको छ । त्यतिबेला प्रश्न उठ्यो – सरकारी जमिनमा यस्तो मुर्ती कसरी बनाउन पाइन्छ ? नियम अनुसार त्यो जमिन पशुपन्छीलाई आहारा खुवाउने, अस्पताल र सार्वजनिक सुविधा उपलब्ध गराउने प्रयोजनमा मात्रै प्रयोग गर्न पाइन्छ । प्रभू येशुको मूर्ती बन्ने जमिनको मूल्य १ करोड बनाइन्छ तर शिवकुमारले १० लाख मात्रै तिरेका थिए ।

राजस्व सचिव आर अशोकले भने, ‘अनाधिकृत सडकमा केही वर्षअघि मुर्ती बनाउने काम सुरू भएको छ, यसका लागि अनाधिकृत तरिकाले बिजुली प्रयोग गरिएको छ, यो समस्या हो । त्यसबारे रिपोर्ट माग्दा ढिलाइ भइरहेको छ । शिवराजले नै मन्त्री हुँदा नियुक्त गरेका कर्मचारी सम्बन्धित निकायमा भएकाले वास्तविकता लुकाउन खोजिएको छ ।’
मूर्तीविरुद्धका अभियन्ता प्रभाकर भन्छन्, ‘मलाई सबैभन्दा दुःख यसमा लागेको छ कि मन्नेश्वर पहाडमा ‘त्रस’ राखिएको छ । त्यो पहाडमा मुनि पूजा हुन्छ । येशूको मूर्ती बनाउनेहरूले कुनै अरु ठाउँ पाएनन् ? उनीहरू हिन्दूलाई अपमानित गर्ने कोसिस किन गरिरहेका छन् ? सरकारी जमिनलाई धार्मिक उद्देश्यका लागि कसरी दिन सकिन्छ ? यिनीहरूको उद्देश्य के हो ?’ स्थानीय चर्चका सदस्य संध्यागप्पा चिन्नाराजले भने मन्नेश्वर पहाडमा क्रस नराखिएको दाबी गरे । उनले भने, ‘यस क्षेत्रमा इसाई समुदाय सन् १९०६ देखि बस्दै आएको छ ।’

प्रभाकरले ¥यालीलाई सम्बोधन गर्दै मुर्ती बनाउन सहयोग गर्ने शिवकुमारलाई देशद्रोहीको संज्ञा दिए । प्रतिरक्षा गर्दै शिवकुमारले भने, ‘मैले राम मन्दिर पनि बनाएको छु, शिव मन्दिर पनि बनाएको छु । उनीहरू जे गर्न चाहन्छन्, गर्न दिनुस्, उनीहरू नै सरकारमा छन् ।’