काठमाडौं – नेकपा स्थायी समिति सदस्य जनार्दन शर्माले सभामुखको दाबी नभएको स्पष्ट पारेका छन् । पुर्व गृहमन्त्री समेत रहेका नेता शर्माले शुक्रबार सांझ ट्विट गर्दै आफू सभामुखको दौडमा नरहेको स्पष्ट पारेका हुन् । उनले सभामुखको उम्मेद्वारको विषय टुंग्याउनको लागि सहजीकरण गरेको जानकारी दिए ।
शर्माले लेखेका छन् ‘सभामुखको विषयले संसद चल्न नसकी रहेको अवस्थामा छिटो टुंग्याउनको लागि नेताहरुबीचमा सहजीकरणको भूमिकामा लागेको सांचो हो तर म आफैं सभामुख हुनका लागि होइन र दाबी पनि छैन । ’
प्रतिक्रिया