काठमाण्डौ– त्रिभुवन विमानस्थलबाट हुने बाह्य र आन्तरीक उडान रोकिएको छ । त्रिभुवन विमानस्थल कार्यालयले काठमाडौंमा बाक्लो कुहिरो लागेर भिजिविलिटी कम भएपछि आन्तरिक र अन्तराष्ट्रिय दुवै तर्फका उडान र अवतरण हुन नसकेको जनाएको छ ।
विमानस्थलको भिजिविलिटी अहिले ५० मिटर मात्रै छ । उडान तथा अवतरण खुलेपछि पनि त्यसको प्रभाव दिनैभर पर्ने विमानस्थल कार्यालयले जनाएको छ ।
मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् विभूती पोख्रेलले शनिवारदेखी पहाडी क्षेत्रमा लागेको कुहिरो बिस्तारै हटे पनि तराईमा लागेको कुहिरो हट्न समय लाग्ने बताएकी छन् । उनले शनिबारदेखी मौसम खुल्दै जाने समेत जानकारी दिईन ।
यस्तो छ तीन दिनको मौसमको अवस्था
मौसम पूर्वानुमान महाशाखा
मौसम पूर्वानुमान बुलेटिन (Weather Forecast Bulletin)
(जारी मितिः २०७६-१०-०४, विहान ६:०० बजे)
मौसम विश्लेषण) Meteorological Analysis):-
नेपालमा पश्चिमी न्युन चापीय प्रणालीको प्रभाव विस्तारै कम भई मौसममा क्रमिक रुपमा सुधार हुंदै गईहेको छ।
मौसमको अवस्था )Present Weather Status):
देशभर आंशिक देखि सामान्य बदली भई १-२ स्थानहरुमा वर्षा/हिमपात भईरहेको छ।
आगामी तीन दिनको मौसम पूर्वानुमान
माघ ४ गते (शनिबार)
दिउँसो : देशभर आंशिक देखि सामान्य बदली रहनेछ। पहाडी तथा तराई भू-भागका थोरै स्थानहरुमा हल्का वर्षा हुने देखिन्छ भने उच्च पहाडी तथा हिमाली भेगका केहि स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।
रातीः देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली र तराईका भु-भागमा आंशिक बदलि भई पहाडी भू-भागका थोरै स्थानमा हल्का बर्षा हुन सक्ने संभावना रहेको छ।
माघ ५ गते (आइतबार)
दिउँसो : देशभर सामान्यतया सफा देखि आंशिक बदली भई पहाडी भू-भागका थोरै स्थानमा हल्का वर्षा हुन सक्ने संभावना रहेको छ ।
रातीः देशभर सामान्यतया सफा देखि आंशिक बदली भई पहाडी भू-भागका १-२ स्थानहरुमा हल्का वर्षा हुन सक्ने संभावना रहेको छ ।
माघ ६ गते (सोमबार)
दिउँसो : देशभर सामान्यतया सफा देखि आंशिक बदली भई पहाडी भू-भागका १-२ स्थानमा हल्का वर्षा हुने संभावना रहेको छ ।
रातीः देशभर आंशिक देखि सामान्य बदली भई पश्चिमी पहाडी भू-भागका १-२ स्थानमा हल्का वर्षा हुने संभावना रहेको छ ।
आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hrs.):–
देशका थोरै स्थानहरुमा हल्का वर्षाको साथै केहि उच्च पहाडी तथा हिमाली भेगमा हल्का हिमपातका सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन तथा यसबाट हुने चिसोबाट बच्नु हुन सर्वसाधारण लाई अनुरोध छ ।
प्रतिक्रिया