वासिङटन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सर्वोच्च नेता आयातुल्लाह खामेनीलाई बोल्दा होस पुर्याउन चेतावनी दिएका छन् । यसका साथै इरानी अर्थव्यवस्थाको हेक्का राख्दै उनीहरुको देश बर्बाद भइरहेको उनले बताए ।
इरानका नागरिक खराब अर्थव्यवस्थासँग जुझिरहेको पनि उनले बताए । उनको धम्कीपूर्ण भाषा थियो,‘तथाकथित सर्वोच्च नेता आयातुल्लाह खामेनीले आफ्नो शब्दावलीलाई नियन्त्रणमा राख्नु ।’
ट्रम्पले आफ्नो ट्वीटर ह्यान्डलमा लेखेका छन्,‘तथाकथित सर्वोच्च नेता आयातुल्लाह खामेनी कतैबाट पनि सर्वोच्च रहेका छैनन । उनले अमेरिका र युरोपको विषयलाई लिएर धेरैनै तुच्छ कुरा गरेका छन् ।’
अमेरिकी राष्ट्रपतिका अनुसार आयातुल्लाह खामेनीको बोली भड्काउ खालको छ । उनले अमेरिकालाई दुष्ट बताएका छन् ।
उनले बेलायत, फ्रान्स तथा जर्मनीलाई अमेरिकाको नोकर भएको बताएका छन् । यही विषयलाई लिएर ट्रम्प बिरोध गर्दै चेतावनी दिएका छन् ।
प्रतिक्रिया